शुक्रबार, चैत्र २७, २०८२

विपद् कोषमा छ अर्ब मौज्दात


कान्तिपथ


काठमाडौं।  नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ ।

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको रु छ अर्ब तीन करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु तीन अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

यस्तै विपद् व्यवस्थापन कोषमा रु एक अर्ब ८१ करोड ८९ लाख ९० हजार छ । प्रदेश विपद् व्यवस्थापन कोषमा रु ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा रु ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ । यसपालिको मनसुनमा रु १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत