शुक्रबार, चैत्र २७, २०८२

टेस्ट राष्ट्र जिम्बावेलाई नेपालका दुवै ओपनरले ५० रन हिर्काए


कान्तिपथ


आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध राम्रो सुरुवात गरेको छ।

हरारे स्पोर्टस् क्लबको मैदानमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको जिम्बावेविरुद्ध नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नटआउट ५० रन पूरा गरेका छन्।

सुरुवाती दुई ओभर मेडन दिएका नेपाली ब्याटरले तेस्रो ओभरदेखि लय समातेका हुन्। नेपालका लागि भुर्तेलले ४२ बलमा ३३ रन बनाएका छन्।

यसैगरी आसिफ शेखले २९ बलमा १५ रन बनाएका छन्। १२ ओभरको समाप्तिमा नेपालले उक्त योगफल तयार गरे को हो।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले जिम्बाबेसँग पहिलोपटक खेलिरहेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत