एमसीसी संसद्मा टेबल गर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपा एसमा गम्भीर मतभेद देखिएको छ । पार्टीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनको निर्णय ‘बचकना’ भएको बताएका छन् ।
‘यो विदेशी शक्तिको सामू झुकेर गरिएको बचकना निर्णय हो’, उनले भने, ‘यो संसद्मा कसरी टेबल हुन्छ ?’ उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।
‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले भने, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ