बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • पर्यटन
  • चाइनिज पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत (फिचर फोटो)

चाइनिज पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत (फिचर फोटो)


कान्तिपथ


पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ६ महिनामा अन्तर्राष्ट्रिय हवाई उडान भएसँगै पोखरामा आएका चाइनिज पर्यटकहरूलाई पोखरामा भव्य स्वागत गरिएको छ । यही असार ८ र ९ गते पोखरामा आयोजना हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी हुन आएका खेलाडी सहितका चाइनिज पर्यटकलाई पोखरामा पन्चे बाजा सहित भव्य स्वागत गरिएको हो ।

फेष्टिभलमा सहभागी हुन चाइनाबाट एक टोली चाइनाको छेन्दुबाट ए ३१९ नम्बर सिचुवाङ एयरलाइन्स कम्पनीको आज जहाज करिब ३ः१५ मिनेटमा आएको हो । चाइनाको समय अनुसार बिहान ८ः१३ बजे उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वबाट पश्चिम तर्फ अवतरण गरेको थियो । उक्त जहाजलाई  पानीको फोहोराले स्वागत सहित सफा समेत गरिएको थियो । 

१ सय ३१ सिटे उक्त जहाजमा चालक दलका बाहेक ८४ जना यात्रु सवार भएका थिए । चाइनिज टोलीसँगै पोखरा आएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरामा अब नियमित रुपमा चीनका विभिन्न प्रान्तबाट हवाई उडान गर्न चार्टर्ड हवाई उडानले बाटो खुलेको बताउनुभयो ।

पोखराका पर्यटन व्यवसायी, पोखरेली सहितको टोलीले चाइनिज पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोली र खादा लगाएर स्वागत गरेको पोखराका मेयर धनराज आचार्यले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत