शुक्रबार, चैत्र २७, २०८२

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट


कान्तिपथ


आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ।

नेपालका लागि सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्।

ब्रान्डोनले ४२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर आउट भए।

यसअघिका दुई खेलमा कुनै विकेट लिन नसकेका सन्दीपले वेष्ट इण्डिजविरुद्ध महत्वपुर्ण विकेट लिएका हुन्।

यसअघि चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्स र दोस्रो ओभरको तेस्रो बलमा करण केसीले केल मेयर्सलाई क्याचआउट गराएका थिए।

चार्ल्स शून्य रनमै आउट भएका हुन्। केल १ रनमा आउट भएका हुन्।

वेष्ट इण्डिज १६ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत