शुक्रबार, चैत्र २७, २०८२

७६ जिल्लामा लम्की स्किन रोगको महामारी, ६ लाखबढी पशुमा संक्रमण


कान्तिपथ


काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएको समस्या र समाधानका सम्बन्धका कृषि तथा पशुपन्छी विकासमन्त्री र सचिवसँग छलफल गरेको छ । 

छलफलमा कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले ७६ जिल्लामा लम्की स्किन रोगबाट महामारी फैलिएको र यसबाट  ६ लाख ८ हजार पशु संक्रमित हुँदा २१ हजार ४ सय बढी पशुको मृत्यु भइसकेको जानकारी दिनुभयो । 

मन्त्री भुसालले  महामारीकै रूप लिएको लम्बी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको र सिड भाईरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि जानकारी दिनुभयो । 

किसानलाई आवश्यक मल खरिदका लागि सरकारले ३० अर्ब रुपैयाँ सुनिश्चित गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले मूल्य र कच्चा पदार्थका कारण मल कारखाना खोल्ने निष्कर्षमा नपुगेको तर मल कारखानाको अध्ययन गर्न ३ वटा कम्पनीले गरिरहेको समेत बताउनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले पशु सेवा विभागले कन्ट्रोल रुम खडा गरेर लम्की स्किन रोगको जानकारी लिँदै आएको र यस रोग विरुद्धको खोप १ लाख ३० हजार पशुलाई दिएको जानकारी दिनुभयो । 

सचिव शर्माले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका १० वटा कार्यक्रमको बजेट शुन्य हुँदा १५० वटा कार्यालय प्रभावित भएको समेत बताउनुभयो । 

बैठकमा सांसदहरुले मलको कालाबजारी, किसानले कृषि तथा पशु बीमा गर्न नपाएको, सरकारले मलखाद खरिदलाई सहज बनाउन नसकेको र  किसानको आवश्यकतामा अनुदान दिने गर्न नसकिएको बताउनुभयो ।

दुग्ध विकास संस्थान र कपास विकास समिति खारेज गर्नु गलत भएको भन्दै सांसदहरुले  फजुल खर्च उत्पादनमा लगाउन, बाँदर आतङ्क नियन्त्रण गर्न, किसानको उत्पादन बजारीकरण गरिदिनुपर्ने र रासायनिक मलको विकल्प खोज्नु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत