शुक्रबार, चैत्र २७, २०८२

असार २० पछि प्रधानन्यायाधीशले कुनैपनि मुद्दा नहेर्ने 


कान्तिपथ


काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया आफू रहँदै अघि बढाउने बताउनुभएको छ । 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको भेटमा प्रधानन्यायाधीश कार्कीले लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया आफ्नो कार्यकालभित्रै गर्ने बताउनुभयो । 

प्रधानन्यायाधीश कार्कीले  लामो समयदेखि न्यायाधीश नियुक्त हुन नसक्दा उच्च अदालतहरूमा मुद्दाको बोझ बढ्दै गएको र सुनुवाई प्रभावित भइरहेकाले न्यायाधीश नियुक्ति चाँडो अघि बढाउने पक्षमा रहेको बताउनुभयो । 

असार २० गतेपछि दैनिक प्रशासनिक कामबाहेक कुनैपनि मुद्दा आफूले नहेर्ने जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले आफूले अवकाश पाउनु अघिनै आफूले हेरेका मुद्दाहरूको फैसला लेखन सम्पन्न गरिसक्ने बताउनुभयो । 

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश पदमा रहँदा कायम राखेको आफ्नो छविलाई पदमा रहेसम्म डगमगाउन नदिने स्पष्ट पार्नुभयो ।

६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश कार्कीले २०८० साउन २० गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । 

सर्वोच्च अदालतमा हाल ५ न्यायाधीशको पद रिक्त छ भने साउनपछि ७ न्यायाधीशको पद रिक्त हुनेछ । यस्तै उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त रहेको छ ।  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत