शुक्रबार, चैत्र २७, २०८२

राक्सिराङ गाउँपालिकामा बसाई सरी आउनेलाई घर उपहार


कान्तिपथ


मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले पालिकामा बसाई सरी आउनेलाई घर उपहार दिने भएको छ । गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । 

बिकटताका कारण पनि पालिकाबाट बसाइसराइ बढ्दै गएको भन्दै गाउँपालिकाले पालिकामा बसाई सरेर आउने परिवारलाई घर निर्माण गरिदिने नीति लिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । “सुन्दर समाज हाम्रो सार, बसाई सरी आउनेलाई घर उपहार” भन्ने नाराका साथ पालिकाले उक्त नीति ल्याएको उहाँले बताउनुभयो । 

पालिकाले बसाई सरी आउनेलाई २ कोठे घर निर्माण गरिदिने गाउँपालिका उपाध्यक्ष बनस्थम थिङले बताउनुभयो । “राक्सिराङ गाउँपालिकामा बाहिरबाट जो–कोही परिवार बसोबास गर्ने गरी आएमा पालिकाले घर बनाइदिन्छौँ, अहिले मान्छेहरू सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएका हौँ ।” उहाँले भन्नुभयो ।  

पालिकाले आगामी आर्थिक वर्षका लागि ५९ करोड ९५ लाख २५ हजार रुपैयाँ बजेट ल्याएको छ । पालिकालाई केन्द्रबाट अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको थियो । पालिकाले शिक्षातर्फ १५ करोड ७२ लाख, आर्थिक विकासतर्फ ३ करोड ७४ लाख, कृषितर्फ १ करोड ७२ लाख, स्वास्थ्यतर्फ ४ करोड ७० लाख, पूर्वाधार विकास विकासतर्फ ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार गाउँ सभाको चौथो अधिवेशनमा पालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको समेत छ । पालिकाका उपाध्यक्ष थिङले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत