शुक्रबार, चैत्र २७, २०८२

सातौँ प्रधानमन्त्री कप भलिबल असार अन्तिम साता हुने


कान्तिपथ


काठमाडौँ । सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता आयोजना हुने भएको छ ।

नेपाल भलिबल सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २३ देखि ३० गतेसम्म हुने जनाएको छ । प्रतियोगितामा सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् ।

पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृति – प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग वागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरी ८ क्लबको सहभागिता हुनेछ ।

महिलातर्फ नेपाल प्रहरी, होडबाजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरूको सहभागिता रहने छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत