बुधबार, चैत्र २५, २०८२

राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित


कान्तिपथ


काठमाडौँ । राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक, २०८० बहुमतले पारित भएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० सभाको बहुमतले पारित गरेको हो  ।

विधेयकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले सङ्घीयताको मर्मलाई सम्बोधन गर्दै उच्च शिक्षा हासिल गर्न बिदेसिने युवाहरूलाई रोक्ने उद्देश्यले स्वायत्त विश्वविद्यालयको परिकल्पना विधेयकले गरेको प्रष्ट पार्नुभयो ।

मन्त्री राईले प्रदेश र सङ्घीय विश्व विद्यालयलाई नियमन गर्न विश्व विद्यालय छाता ऐन चाँडै ल्याइने बताउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि मङ्गलवार दिउँसो १ः०० बजे बस्ने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत