बुधबार, चैत्र २५, २०८२

हिमालय कलेजमा फेसन डिजाइन : कोर्सका फाईदा के के ?


कान्तिपथ


कोटेश्वरस्थित हिमालय कलेजमा यो शैक्षिक सत्रमा पनि फेसन डिजाइनिङ कोर्सको अध्ययन/अध्यापन गराउने भएको छ । कलेजले राष्ट्रिय परिक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन प्राप्त गरि अघिल्लो वर्षबाट नयाँ संकाय सुरूवात गरेको थियो ।

कलेजले युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्ने आधारले सिपमुलक पाठ्यक्रम फेसन डिजाइन कोर्स कक्षा ११ र १२ मा शुरूवात गरेको हिमालय कलेजका प्रमुख कार्यकारी अधिकारी नरेन्द्रबहादुर अधिकारीले बताए ।

कलेजले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा शिक्षा संकाय पठनपाठन गराउदैँ आइरहेको छ । २०६४ सालमा स्थापना भई कलेजले कक्षा १ देखि कक्षा ११, १२ सहित स्नातक तथा स्नातकोत्तर तहसम्मका विभिन्न विषयहरूको अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।

नेपालमा हालै प्रचलनमा आएको कोर्समा बाहिरी देशमा भने छुट्टै चार्म रहेको छ । कान्तिपथसँग बोल्दै अधिकारीले भने, ‘फेसन डिजाइनिङमा नेम र फेम सबै छ । गर्न सक्यो भने यो क्षेत्र एकदमै राम्रो छ । नेपालमा ९० प्रतिशत फेसन कन्सस हुनुहुन्छ । तर, यो क्षेत्रमा आउन चाहेर पनि सबै टिक्न सक्दैनन् । जो मिहिनेतले टिक्न सक्छ, उसको भविष्य राम्रो छ । हिमालय कलेजलाई फेसन डिजाइनिङको ट्रेडमार्क बनाउने लक्ष्य लिएका छौ ।’

अधिकारी भन्छन, ‘यो स्वतन्त्र पेसा हो ।’ उनका अनुसार यो पेसामा कसैको थिचोमिचो सहनु पर्दैर्न, आफै व्यवसाय सञ्चालन गर्न सकिने हुनाले आफ्नो इच्छानसार काम गर्न सकिन्छ । ‘यो आफ्नो सिर्जनात्मक क्षमता देखाउने पेसा पनि हो’ उनी थप्छन, ‘त्यसैले नयाँ–नयाँ प्रविधि, ट्रेन्ड सधैं पछ्याइरहनुपर्छ । जसकारण एउटै काम गर्नुपर्ने बाध्यता हुँदैन र चाँडै बोर नहुने हुन्छ ।’

अधिकारीका अनुसार यो कोर्स ज्ञानका साथसाथै सीप हो, जसकारण विद्यार्थीहरूले सजिलै रोजगारीको अवसर पाउँछन् । ‘सीप भएकाहरू ग्लोबल मार्केटमा सजिलै जान सक्छन्’ उनी भन्छन, ‘हातमा सीप भएपछि विश्वको जुनसुकै कुनामा गएर पनि काम गर्न सकिन्छ ।’

‘फेसन’प्रति मानिसहरूको चेत बढेसँगै यसप्रतिको आकर्षण बढ्दो छ । उनी भन्छन, ‘त्यसैले यो व्यवसाय निकै फस्टाएको छ ।’ विद्यार्थीहरूलाई अन्य कोर्स गर्दा पढाइ सकेपछि जागिर पाइन्छ वा पाइँदैन ? पाए पनि कस्तो हुन्छ ? भन्ने चिन्ता हुनसक्छ । यो कोर्स सक्नेबित्तिकै आफ्नै व्यवसाय सुरु गर्न सक्ने भएकाले पनि यसप्रतिको ‘क्रेज’ बढेको उनको भनाइ छ ।

‘कोर्स सकेपछि विद्यार्थीहरूले फेसन डिजाइनरको काम नै गर्नुपर्छ भन्ने छैन’ उनी भन्छन्, ‘विद्यार्थीहरूले टेक्सटाइल डिजाइनर, फेसन इन्टरप्रेनरसीप, कस्ट्युम डिजाइनर, इम्ब्रोइडरी डिजाइनर, फेसन फोरकास्टर, डिजाइनर म्यानेजर, एसेसरिज डिजाइनर, फेसन ट्रेन्ड मेकर, फेसन स्टाइलिस्ट, प्रोडक्सन म्यानेजरको काम गर्न सक्छन् ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत