बुधबार, चैत्र २५, २०८२

कास्कीमा अब लाइसेन्स नविकरण अनलाइनबाटै गर्न सकिने


कान्तिपथ


कास्की- नेपालमै पहिलोपटक कास्कीमा अनलाईन भुक्तानीमार्फत विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न सकिने व्यवस्था शुभारम्भ गरिएको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली सहित संघीय भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीले उक्त व्यवस्थाको संयुक्त रुपमा अनलाइनमार्फत शुभारम्भ गर्नुभएको हो ।

योसँगै लाइसेन्स नविकरणका लागि यातायात व्यवस्था कार्यालय पोखरामा सेवाग्राहीको चाप घट्ने अपेक्षा गरिएको छ । त्यस्तै यातायात क्षेत्रमा विचौलीयाको प्रभाव कम हुने, सेवाग्राहीले घरबाटै लाइसेन्स नविकरण गर्न सक्ने, घण्टौ लाइनमा बस्नु नपर्ने, कार्यालयमा भीडभाड नहुने विश्वास बढेको छ ।

कास्कीबाट शुभारम्भ गरिएको यो सेवालाई क्रमश देशभरका यातायात व्यवस्था कार्यालयमा लागु गर्ने तयारी पनि सरकारको छ ।

गण्डकीमा बाग्लुङ, कास्कीको पोखरा, तनहुँको डुम्रे लगायत नवलपुरमा गरी चार जिल्लाबाट लाइसेन्स नविकरणको कार्य हुँदै आइएको छ । त्यस्तै गण्डकी सरकारले भाडा समायोजनको तयारी पनि थालेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत