काठमाडौँ । सातौँ राष्ट्रिय क्लब एनभिए राष्ट्रिय भलिबल प्रतियोगितामा उपाधिको दाबेदार टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दा विभागीय क्लब त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा हेल्प नेपालले शैलुङलाई र आर्मीले दावाली मिलनलाई पराजित गरेको छ । हेल्प नेपालले सैलुङमाथि ३–० को सोझो सेटमा पराजित गर्यो ।
दोस्रो खेलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले दावाली मिलनलाई ३–० को सोझो सेटमा पराजित गर्यो । यो आर्मीको प्रतियोगितामा लगातार दोस्रो जित रहेको छ । आर्मी शनिबार भएको खेलमा शैलुङलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ