शुक्रबार, चैत्र २७, २०८२

चट्याङको कारण पर्सा जिल्ला अदालतको सेवा दुई दिन देखि अवरुद्ध 


कान्तिपथ


वीरगंज । पर्सा जिल्ला अदालत परिसरमा मङ्गलवार दिउँसो चट्याङ पर्दा विद्युतीय सामग्रीमा लाखौँको क्षति पुगेको छ भने दुई दिन देखि  अदालतको सेवा अवरुद्ध भएको छ । 

मङ्गलवार दिउँसो १२ बजे अदालत परिसरमा चट्याङ परेको र चट्याङको कारण कार्यालयका कम्प्युटर, टेलिफोन, नेटवर्किङ र विद्युत् सेवा अवरुद्ध हुँदा दुई दिन देखि मुद्दाका फैसला भएर पनि जनाउन नसकिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार अरुण कुमार कोइरालाले जानकारी दिनुभयो । 

चट्याङको कारण अदालतमा रहेका २२ थान कम्प्युटरको सिपियु, १७ थान प्रिन्टर, ५ थान मनिटर, २ थान पङ्खा, २ थान स्टेप्लाईजर, ४ थान एमसिवी, ४ थान राउटर, ४ थान टेलिफोन लगायतका विद्युतीय उपकरणहरू नष्ट हुँदा लाखौँको क्षति पुगेको र टेलिफोन सेवा, नेटवर्किङ सेवा समेत अवरुद्ध हुँदा दुई दिन देखि अदालतको कामकाज ठप्प भएको कोइरालाले बताउनु भयो । 

विद्युत् सेवा आज अपराह्न ३ बजे देखि सुचारु भएपनि टेलिफोन, नेटवर्किङ लगायतका सेवा अवरुद्ध हुँदा हिजो भएका झण्डै ४० वटा मुद्दाको फैसला समेत जनाउन नसकिएको कोइरालाले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत