काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी १० वर्षलाई ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ सरकारले काम गरिराखेको बताउनु भएको छ ।
राष्ट्रिय सभा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएका विषयमा जवाफ दिँदै मन्त्री बस्नेतले आर्थिक समृद्धिका लागि जलविद्युत महत्वपूर्ण स्रोत हो भन्दै आगामी वर्ष थप ९ सय मेगावाट थप्ने र आगामी १० वर्षका लागि योजनाको फाउन्डेसन तयार गर्ने गरी योजना अगाडी बढाइएको जानकारी गराउनुभयो ।
मन्त्री बस्नेतले नेपालमा २५ लाख हेक्टर सिँचाइ योग्य भूमि रहेकोमा करिब १० लाख हेक्टरमा सिँचाइ पु¥याउन बाँकी रहेको र त्यसका लागि सरकारले तथ्याङ्क सङ्कलन गरी काम अगाडी बढाएको जानकारी समेत दिनुभयो ।
मन्त्री बस्नेतले सम्पूर्ण विद्युत् उत्पादन निर्यातका लागि मात्रै नभई आन्तरिक खपतका लागि पनि भइरहेको भन्दै आन्तरिक खपतलाई गुणात्मक रुपमा वृद्धि गर्न अहिले उत्पादित विद्युत् अपर्याप्त रहेकाले उत्पादन बढाउनु आवश्यक रहेको औँल्याउनु भयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ