शुक्रबार, चैत्र २७, २०८२

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण


कान्तिपथ


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गर्नुभएको हो । 

सङ्घीय संसद्बाट पारित भई नेपालको संविधानअनुसार प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत