ललितपुर- ललितपुर महानगर पालिकालाई सुन्दर सफा सहरका रुपमा बिकास गर्न महानगरले नयाँ प्रविधिको सुरुवात गरेको छ ।
महानगरले सडकलाई धूलोमुक्त बनाउनुकासाथै सडकको दायाँबायाँ हरियाली कायम गर्न ६ हजार ५ सय लिटर क्षमता भएको ‘रोड वाटर स्प्रिङकल्स’बाट पानी र हावाको सहयोगमा एकै चोटी सडक सफा गर्न सक्ने प्रविधि प्रयोगमा ल्याएको हो ।

उक्त प्रविधिको शुुभारम्भ गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार नयाँ प्रविधिबाट सहर सौन्दर्यीकरण योजना अघि बढाइएको बताउनुभयो ।
ललितपुर महानगरलाई थप व्यवस्थित बनाउन थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै यसलाई बिस्तारै नेपालको नमूना सहरका रुपमा बिकास गर्ने बताउनुभयो ।।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ