बुधबार, चैत्र २५, २०८२

कोशी प्रदेश सरकारले मापदण्ड विपरितका ड्राइभिङ स्कुलहरु बन्द गराउने


कान्तिपथ


मोरङ- विराटनगर महानगरपालिका वडा नं. ३ मा रहेको न्यू पाथिभरा ड्राइभिङ स्कुलसँग नत मापदण्ड अनुसारको गाडी छ न मापदण्ड अनुसारको ट्रायल सेन्टर नै छ । यो ड्राइभिङ स्कुल यातायात व्यवस्था कार्यालयमा दर्ता समेत गरिएको छैन । तर पनि यसले ड्राइभिङ सिकाई भइरहेको छ ।

एउटा सटर भाडामा लिएर म्याद नाघेका पुराना गाडी ल्याएर ड्राइभिङ स्कुल संचालन गर्न थालेपछि कोशी प्रदेशमा ड्राइभिङ स्कुलहरुको अनुगमन गरिने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मंत्रालयको यातायात व्यवस्था शाखाले दर्ता नभएको, दर्ता भएर पनि नविकरण नगरिएको र मापदण्ड नपुगेको ड्राइभिङ स्कुलहरुको अनुगमन गरी बन्द गराउने तयारी गरेकेा यातायात व्यवस्था शाखाका प्रमुख सुभाष कार्कीले जानकारी दिनुभयो ।

सवारी चालक प्रशिक्षण केन्द्र संचालन निर्देशिका २०७४ मा एउटा ड्राइभिङ स्कुल संचालन गर्न तीन वटा गाडी, तीन जना प्रशिक्षक, २ वटा मोटरसाइकल, दुइवटा स्कुटीका साथै मापदण्ड अनुसारको ट्रायल स्पोट अनिवार्य चाहिने व्यवस्था गरेको छ ।

अनुमति नै नलिएका ड्राइभिङ सेन्टरहरु संचालन हुँदा ठूलो लगानी गरिएका ड्राइभिङ स्कुलहरुलाई संचालन गर्न गाह्रो परेकोले यातायात व्यवस्था कार्यालयले अनुगमन गरी नियन्त्रण गर्नुपर्ने संचालकहरुको भनाई छ ।

आन्तरिक मामिला तथा कानुन मंत्रालयले दर्ता नै नगरिएको र मापदण्ड विपरित बग्रेल्ती ड्राइभिङ स्कुलहरु संचालन कार्य रोक्न कोशी प्रदेशका ८ वटै यातायात व्यवस्था कार्यालयहरु संग ड्राइभिङ स्कुलहरुको तथ्यांक माग गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत