सोमवार, चैत्र ३०, २०८२

भोलि ८ घण्टा बत्ति नबल्ने


कान्तिपथ


काठमाडौंको टेकुस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेसनबाट आपूर्ति भइरहेको बिजुली यही साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गरी साउन ६ गते बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो।

सूचनाअनुसार बागमती फिडरअन्तर्गत त्यस दिन सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

यस्तै पुल्चोक फिडरअन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास र ठाडोढुंगा क्षेत्र तथा चमती फिडरअन्तर्गत ज्ञान तीर्थमार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारुद खाना क्षेत्रमा विद्युत् बन्द हुनेछ।

कीर्तिपुर फिडरअन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली बन्द हुने सूचनामा भनिएको छ।

प्राधिकरणको सूचनाअनुसार त्रिपुरेश्वर फिडरअन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती र वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङअन्तर्गत त्रिपुरेश्वर चोक, आशा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालय होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म विद्युत् सेवा बन्द हुने छ।

यस्तै भैँसीपाटी फिडरअन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडरअन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुनेछ।

तर वैकल्पिक व्यवस्थाबाट सकेसम्म सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने पनि प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् सूचना-



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत