बुधबार, चैत्र २५, २०८२

गण्डकी प्रदेशमा एक वर्षमा १७४ किमी सडक कालोपत्रे


कान्तिपथ


म्याग्दी I गण्डकी प्रदेशमा एक वर्षको अवधिमा १७४ किलोमिटर सडक कालोपत्रे, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको छ । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९÷०८० मा थप चार वटा सरकारी भवन निर्माण भएका छन् ।

मन्त्रालयले गत वर्ष समग्रमा ५७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । गण्डकीमा गत वर्षदेखि निर्माण भएका सडकको दिगो प्रयोग र मर्मत सम्भारका लागि हेरालु राख्न थालिएको छ ।  

गण्डकीमा गत आवको सहित प्रदेश सरकारले ६६८ किलोमिटर सडक कालोपत्रे, ५९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुङ्गे पुल निर्माण भएको पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीले जानकारी दिनुभयाे ।

नयाँ आर्थिक वर्षमा थप ३०० किलोमिटर सडक कालोपत्रे, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ । 

यसपालि रु. ३० लाखभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेको मन्त्रालयले पहिलो चौमासिकमा ठेक्का प्रक्रिया थाल्ने, बहु वर्षीय आयोजनालाई प्राथमिकता र अधुरा रहेका समस्याग्रस्त आयोजनालाई पूर्णता दिन केन्द्रित हुन मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

गत वर्ष चुनाव, तीन पटक सरकार र मन्त्रालयको नेतृत्व परिवर्तन हुनु तथा अस्वस्थ प्रतिस्पर्धा गरेर आयोजनाको ठेक्का पारेका निर्माण व्यवसायी व्यावसायिक नहुनु जस्ता कारणले अपेक्षाकृत बजेट खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत