बुधबार, चैत्र २५, २०८२

पोखरा-बाग्लुङ राजमार्गमा यात्रा गर्न सकस


कान्तिपथ


कास्की- निर्माणमा ढिलाई हुँदा पोखरा-बाग्लुङ राजमार्गको कास्की खण्डमा यात्रा गर्न सवारीचालक एवम् यात्रुसहित स्थानीयलाई हैरानी भएको छ ।

उक्त राजमार्गअन्तर्गतको याग्दीदेखि हरिचोक खण्ड हाल मध्यपहाडी लोकमार्गका रुपमा निकै सुस्तगतिमा स्तरोन्नति भइरहेको छ भने पाउँदुर क्षेत्रमा करिव सय मिटर सडक भासिएका कारण त्यहाँ सहज रुपमा यातायात संचालन गर्न सक्ने अवस्था छैन ।

अस्तव्यस्त सडकका कारण दिनहुँ सो खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको चालकहरुको भनाई छ । खाल्डाखुल्डी साघुरो सडक तथा सुरक्षाको मापदण्ड नअपनाई सडक निर्माण भएका कारण ति क्षेत्रहरुमा दैनिक घन्टौं सवारी जाम पनि हुने गरेको छ । त्यस्तै घाम लाग्दा धुलो तथा पानी पर्दा हिलो हुने समस्याले पनि यात्रुहरुमा झनै आहात थपेको छ ।

दुई वर्षभित्र सक्नेगरी गत साउनमा काठमाण्डौंस्थित मोतीदान कन्स्ट्रक्सनले जिम्मा लिएको चार लेनको याम्दी हरिचोक खण्डको भौतिक प्रगति एक वर्ष बित्न लाग्दा समेत झण्डै २० प्रतिशत मात्रै भएको छ ।

त्यस्तै पाउँदुर क्षेत्रमा सडक भासिएको करिव तीन वर्ष वित्न लाग्दा समेत मर्मतमा ढिलासुस्ती भएपछि त्यहाँ एकतर्फी मात्रै यातायात संचालन गर्नुपर्ने बाध्यता छ ।

उक्त खण्डको काठमाण्डौंस्थित ओमबुद्ध इन्टरनेशनलले मर्मत जिम्मा लिएकोमा दोस्रो पटक थपिएको म्याद समेत यहि असार ५ गते सकिएको छ । जसको हालसम्मको प्रगति ३५ प्रतिशत मात्रै भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत