शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • दार्चुलामा लम्पी स्किनबाट ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे

दार्चुलामा लम्पी स्किनबाट ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे


कान्तिपथ


दार्चुला- दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलिएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रोगको प्रकोप फैलिएको हो । लम्पी स्किन रोगबाट हालसम्म ४३ हजार ४ सय ७७ पशुचौपाया संक्रमित हुनुका साथै २ हजार ५ सय ४० पशुचौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दार्चुलाका नौवटै स्थानीय तहमा ४२ हजार ९ सय ३६ गाईगोरु र बाच्छाबाच्छी, ५ सय ४१ भैंसी र पाडापाडी संक्रमित भएका छन् । यस्तै २ हजार ५ सय १ गाईगोरु र ३९ भैंसी मरेका छन् ।

सबैभन्दा बढी मालिकार्जुनमा गाउँपालिकामा लम्पी स्किनको प्रकोप फैलिएको छ । मालिकार्जुनमा मात्रै लम्पी स्किनबाट ९ हजार २ सय ६६ पशुचौपाया बिरामी परेका छन् भने १ सय १८ पशुचौपाया मरेका छन् ।

यस्तै जिल्लाका अन्य स्थानीय तहका कैयौं पशुचौपाया बिरामी परेका छन् भने सयौं पशु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि गोठ नै रित्तिने अवस्था आएको छ । उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषकहरु बताउँछन् ।

पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, कचेरा लाग्ने, खुर पाक्नेलगायत लक्षणसहित अन्तमा पशुहरूको मृत्यु हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका पशु विकास अधिकृत डिगम्बर जोशीले बताउनुभयो ।

उहाँका अनुसार लक्षण देखिएका पशुचौपायाहरुलाई छुट्टै ठाउँमा राखी सरसफाइमा विशेष ध्यान दिई औषधी उपचार गर्न आग्रह गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत