बिहिबार, चैत्र २६, २०८२

‘नम्बरी सुन’ ५ महिना पर धकेलियो


कान्तिपथ


आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको राजु गिरीद्वारा निर्देशित फिल्म ‘नम्बरी सुन’ ५ महिना पछाडि धकेलिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ १९ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको छ । फिल्मको टिजर र एक गीत सार्वजनिक भैसके पनि भदौ १ मा अरु दुईवटा फिल्म रिलिज हुने भएपछि ‘नम्बरी सुन’ ५ महिना पर धकेलिएको हो।

नारायण खातीको शब्द रचना, कथा तथा प्रस्तुति रहेको यो फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, विनोद न्यौपाने, सविन बास्तोला, गीता अधिकारीलगायतको अभिनय छ । फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । हलमा रिलिजअघि देशका विभिन्न ठाउँमा फिल्मको विशेष शो आयोजना गरिँदैछ ।

रामजी लामीछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन तथा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर रहेको ‘नम्बरी सुन’को निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत