शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • कोरियामा जारी 8th Daejeon MBC Taekwando Championship मा नेपालको तर्फ बाट काजल श्रेष्ठले रजत पदक जित्न सफल

कोरियामा जारी 8th Daejeon MBC Taekwando Championship मा नेपालको तर्फ बाट काजल श्रेष्ठले रजत पदक जित्न सफल


कान्तिपथ


नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ क्योरुगीमा रजत पदक जितेकी छिन् । दक्षिण कोरियाको सहर तायेन् गुन स्थित तायेन् गुन जनरल इन्डोर जिम्नेसियममा श्रवण २३ देखी श्रवण ३१ गते सम्म संचालन हुदै गरेको यस च्याम्पियनसिपमा २५ भन्दा बढी राष्ट्रका खेलाडीहरु सहभागी छन् ।

सिन्धुपाल्चोकमा जन्मिएकी काजल श्रेष्ठले १३ वर्षको उमेरमा नै कोटेश्वर स्थित कोटेश्वर तेक्वान्दो दोजांग बाट तेक्वान्दो खेलको प्रशिक्षण लिएकी उनिले यस अगाडि पनि थुप्रै खेलहरुमा पदक जितिसकेकि छिन् । काजलले गएको नवौं राष्ट्रिय खेलमा पनि स्वर्ण पदक जितेकि थिइन् साथै सन् २०१९ मा आयोजित १३ औं साउथ एसियन गेममा समेत गोल्ड मेडल जितेकि हुन । सन् २०१४ मा पन्ध्र वर्षको उमेरमा उनी ताइपेईमा आयोजित जुनियर विश्व च्याम्पियनसिपको लागि छनोट भएकी थिइन्। यस्तै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा देशको नाम चिनाउन काजलले देशको प्रतिनिधित्व गरिसकेकि छिन्।

तर नेपाल सरकारको खेलाडीहरु प्रतीको बेवास्ताका कारण खेलाडिहरु आफ्नो कौशलता र लगनले राष्ट्रको गरिमा अन्तराष्ट्रिय मंचहरुमा बढाए पनि स्वदेशमा खेल खेलेर जिबिकोपार्जन गर्न सक्ने अवस्थामा नरहेको खेलाडिहरु बताउँछन् । पछिल्लो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा मेडल जितिसकेका खेलाडीहरु खेल खेलेर भबिस्य नबन्ने देखे पछि बाध्य भई बिदेश पलायन भैसकेका छन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत