शुक्रबार, चैत्र २७, २०८२

मियामी लिग कपको फाइनलमा : मेस्सीको लगातार ६ खेलमा ९ गोल


कान्तिपथ


लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।

मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे ।

यो सँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा ९ गोल गरेका छन् ।

योसँगै मियामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको छ ।

यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन ।

अब मायमीले फाइनलमा नाशभिल र मोन्टरेबीच खेलको विजेतासँग खेल्नेछ । फाइनल यसै शनिबार हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत