बाँके । तीन वर्षमा तीन पटक समय थप्दा पनि ४ सय ५० मिटर सडक निर्माण हुन नसकेपछि बैनजान गाउँपालिकाका स्थानीयहरू हिलाम्मे सडकमा सास्ती खेप्न बाध्य छन् ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारी गाउँमा सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेको हो । सडक निर्माणको ठेक्का पाएको बिएलएल निर्माण कम्पनीको ढिलासुस्तीका कारण स्थानीयहरूले सास्ती खेप्नु परेको हो ।
लामो समयसम्म पनि सडक निर्माणमा ठेकेदार कम्पनीले सडक निर्माणमा आनाकानी गर्दा स्थानीयलाई हिड्डुल गर्नसमेत गाह्रो भएको स्थानीयहरू बताउँछन् ।
स्थानीय दिपक थारु सडक निर्माणको ठेक्का पाएको बिएलएल निर्माण कम्पनीले ३ पटक समय थप्दा पनि सडक निर्माणको कार्य पुरा गर्न नसकेको बताउनुहुन्छ । ‘ठेकेदारको लापरवाहीले हामीलाई एकदम सास्ती खेप्नुपरेको छ’, उहाँले भन्नुभयो । ‘समय थपेको थपै छन्, हामी जस्तो सोझा सिधा जनतालाई भने बाटोमा हिँडडुल गर्न, उपचार तथा सवारीसाधन चलाउन एकदम गाह्रो भइरहेको छ’, उहाँले गुनासो गर्नुभयो ।

तीन वर्ष पहिले नै सडक निर्माणको कार्य सम्पन्न हुनुपर्ने हो तर ठेकेदार र स्थानीय पालिको लापरवाहीले सडक निर्माणमा ढिलाइ भएको स्थानीय राधेश्याम थारुले बताउनुभयो । वडाको बजेटबाट निर्माण हुन लागेको सडक ठेकेदार कम्पनीले वास्ता नगर्दा आम जनतालाई दुःख भइरहेको उहाँले बताउनुभयो । ‘बिरामी पर्दा एम्बुलेन्स आउन नसक्ने स्थिति छ’, उहाँले भन्नुभयो । उपचार गर्न वा अटोरिक्सा चल्न र हिँड्न सक्दैन बल्ल बल्ल मोटरसाइकल गुड्छ स्थानीय राधेश्यामले भन्नुभयो । ‘मोटरसाइकल र साइकलमा कति पटक मेरै आँखा अगाडी मान्छे लडेको देखेको छु, कतिपय त चोटपटक लागेर बिरामी समेत भएका छन् यसको जिम्मा कस्ले लिने ? उहाँले भन्नुभयो ।
स्थानीय तहका जनप्रतिनिधिलाई खबर गर्दा अहिले आउने र कामको प्रक्रिया अगाडी बढाउने भने पनि कार्यान्वयन नगर्ने स्थानीय भरत कुमार थारुले भन्नुभयो । छिटो सडक निर्माणका लागि पालिकामा डेलिगेसनमा जाँदा सुनुवाइ नभएको बताउनु भयो।
४ सय ५० मिटर सडक निर्माण गर्न तीन बर्ष बढी समय लाग्यो अझ बनेन स्थानीयलाई सास्ती कहिलेसम्म स्थानीयले गुनासो गरे । तीन वर्षमा तीन पटक समय थप्दा पनि निर्माण कार्य अपुरो छ खाली जनतालाई आँखामा छारो हाल्ने जस्तै कार्य भएको छ स्थानीय निवर्तमान जनप्रतिनिधि वडा सदस्य गोपाल थारुले भन्नुभयो । हाम्रो पालामा बजेट विनियोजन भयो अहिले हामी निवर्तमान भयो ठेकेदार कम्पनीले एक छिन डोजर लिएर काम गरेजस्तो गर्ने र भाग्ने गरेको छ उहाँले भन्नुभयो । ३५ लाख बजेट रहेको सडक निर्माण अझै अपुरो छ । ३ वर्षमा ४५० मिटर बाटो कालोपत्रे हुनुपर्नेमा १ मिटर पनि कालो पत्रे बन्न नसकेको उहाँको गुनासो छ ।

बैजनाथ गाउँपालिका वडा ७ पेडारीका वडाअध्यक्ष दिनेश थारुले भने ठेकेदारलाई सडक निर्माणको कामलाई छिटो अगाडी बढाउनुस् भन्दा नसुने झैँ गरेको बताउनुभयो । धेरै जसो निर्माण कम्पनीको जिम्मेवार व्यक्तिले फोन नउठाउने गरेको वडा अध्यक्ष दिनेश थारुले बताउनुभयो । बिएलएल निर्माण कम्पनीका गोपाल आचार्य ०७७ जेठमा सम्झौता भएको सडक निर्माण पालिकाले डिसिजन नदिँदा ढिलाइ भएको बताउनुभयो ।
। यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले भने ठेक्का पाएको कम्पनीबारे नियमसंगत कालो सुचीमा राख्ने प्रक्रिया अगाडी बढेको छ । काम राम्रोसँग नगर्ने र ढिलाइ गर्ने कम्पनीको लिस्ट तयार हुदैँछ कानुन अनुसार प्रक्रिया अगाडी बढेको छ अब त्यस्ता कम्पनीलाई कालो सूचिमा राख्ने पालिकाले निर्णय गरेको पालिका अध्यक्ष शाहीले भन्नुभयो । पेडारीको सडकको लागि बारम्बार तोकता गर्दा पनि निर्माण कम्पनीले चासो नदिँदा अव कालो सूचिमा राख्ने जानकारी गराउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ