काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भइरहेको कामको सम्बन्धमा समितिले जानकारी लिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशभरि रहेका ५८ वटा एयरपोर्ट मध्ये २२ वटा सञ्चालनमा नरहेको भन्दै ३ वटा साना जहाज खरिद गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।
मन्त्री किराँतीले वायुसेवा निगम अहिले फाइदामा रहेको जानकारी दिँदै हवाई टिकटमा लाग्दै आएको १३ प्रतिशत कर अनुपयुक्त रहेको भन्दै पुनर्विचार गरिने बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले नयाँ एयरपोर्ट बनाउने भन्दा बनेका एयरपोर्टहरू पूर्ण रुपमा सञ्चालनमा ल्याउन मन्त्रालय तदारुकताका साथ लाग्नुपर्ने, धार्मिक तथा सांस्कृतिक पर्यटनमा ध्यान दिनुपर्ने, हवाई सेवामा विदेशी पर्यटकसँग लिइँदै आएको अत्यधिक शुल्कमा पुनर्विचार गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ