हिजोको म्याचपछि नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीहरूलाई लिएर भारतीय ड्रेसिङ रुममा छिरेका थिए । त्यहाँ उनले भारतीय प्रशिक्षक राहुल द्रविण र खेलाडीहरूको हातबाट आफ्ना खेलाडीलाई मेडल थाप्न लगाए । हारेको म्याचमा यो मेडल केका लागि थियो ? नेपाली क्रिकेट समर्थक अलमलमा परेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा अनुसार विभिन्न खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई आफैँले यस्ता तक्मा बाँड्ने गरेका थिए । हिजो भने उनले भारतीय खेलाडीको हातबाट तक्मा लगाइदिएका हुन् ।
क्रिकेट संघले सार्वजनिक गरेको भिडिओमा नेपालका सोमपाल कामीलाई भारतका हार्दिक पाण्ड्यालाई मेडल लगाउन निम्त्याएको देखिन्छ। जसमा उनी भन्छन्, ‘सोमपाल पनि अलराउन्डर हुन्।’
त्यसपछि देसाईले आसिफ शेखलाई मेडल लगाइदिन भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आग्रह गर्छन्। शेखले भारतविरूद्ध अर्धशतक प्रहार गरेका थिए। अरू भारतीय खेलाडी पनि उपस्थित भएको सो कार्यक्रममा विराटले मेडल लगाइदिँदा पहिलो पटक मेडल लगाइदिने अवसर पाएको भन्दै ठट्टा गरेको देखिन्छ।
भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएको भिडिओमा देख्न सकिन्छ। सोमपाल कामीलाई विराट कोहलीले अटोग्राफ दिएका छ ।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ