काभ्रेपलान्चोक। काभ्रेपलान्चोक जिल्लामा ज्वरो आएकी बालिकाको उपचार गर्न धामीझाँक्रीको भर पर्दा ज्यान गएको छ ।
अत्याधिक ज्वरो आएपछि काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ डाँडाकटेरी घर भएकी रिस्तिका तामाङलाई धामीझाँक्रीको उपचारमा भर पर्दा ज्यान गएको हो ।
११ बर्षीय रिस्तिकालाई भदौ २६ गते अत्याधिक ज्वरो आएको थियो । तर परिवारले तत्काल अस्पताल लैजानुको सट्टा गाउँमै धामीझाँक्रीकोमा लगेर उपचार गराए ।
निको नभएपछि बालिकालाई हिजो गम्भीर अवस्थामा बिहान ११:२० बजेको समयमा थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।
अस्पतालका डाक्टरले बालिकालाई बिहान ११:३० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ