बिहिबार, चैत्र २६, २०८२

उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस (सूचीसहित)


कान्तिपथ


न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ।

आज (शुक्रबार) बसेको बैठकले उच्च अदालतका लागि जिल्ला न्यायाधीशहरुबाट १८ जना, न्यायसेवाबाट ३ जना र अधिवक्ताहरुबाट ६ जनाको सिफारिस गरेको हो। 

बैठकले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव श्यामकुमार भट्टराईलाई पनि उच्च अदालतको न्यायाधीशका लागि सिफरािस गरेको छ।

जिल्ला न्यायाधीश, स्याङ्जाका न्यायाधीश राधाकृष्ण उप्रेती, तनहुँका हरिशचन्द्र ढुंगाना, बाँकेका धनसिं महरा, धनुषाका ब्रजेश प्याकुरेल, मकवानपुरका ऋषिराम निरौला, झापाका चन्द्रमणि ज्ञवाली, काठमाडौंका राजुकुमार खतिवडा, धनकुटाका योगेन्द्रप्रसाद साह, नवलपरासीका खडानन्द तिवारी र सर्लाहीका कविप्रसाद न्यौपानेको पनि उच्चमा बढुवाका लागि नाम सिफारिस भएको छ।

परिषद्को सिफारिसपछि अब उनीहरूलाई प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश बनाउनेछन्।

यो बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ जना न्यायाधीशको सरुवा पनि गरेको छ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत