बुधबार, चैत्र २५, २०८२

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि


कान्तिपथ


काठमाडौँ- नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न असन्तुष्टि जनाएको हो ।

महासङ्घका अध्यक्ष अध्यक्ष कमला तुलाधरले सरकारले आफूहरुसँग गरेको सहमतिलाई बेवास्ता गरेको जनाउँदै आफूहरु बाध्यतावश आन्दोलनमा जान लागेको बताउनुभयो ।

नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यही भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत