आज भैरहेको विश्वकप क्रिकेट २०२३ को फाइनल खेल अन्तर्गत विश्वकप जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले केहि आशा लाग्दो अवस्थामा पुर्याएको थियो। उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो ।
कोहली ५४ र राहुल ६६ रनमा आउट भए । साताैं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ