बुधबार, चैत्र २५, २०८२

नागमती ड्यामः उपत्यकाको सुरक्षामा प्रश्न


कान्तिपथ


काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी(नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ। भूमिगत जल सञ्चयलाई बढवा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो ।

तल्लोतटीय क्षेत्रमा सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकामाभन्दा माथि शिवपुरीमा यसअघि धाप बाँध बनाइसकिएको छ । काठमाडौँ उपत्यका उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। शिवपुरी र ककनीडाँडा भूकम्पीय शक्ति चलखेल भइरहने पहाड भएकाले त्यस्ता क्षेत्रमा निर्माण हुने पोखरीलगायतका भौतिक संरचनाले भविष्यमा अर्को विपत् निम्तिन सक्ने वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारी बताउँछन्।

उनका अनुसार ठुलो भूकम्प जाँदा डाँडामाथि बढी प्रभाव पर्छ। शिवपुरीको केही भाग ग्रेनाइट चट्टानयुक्त भए पनि उपत्यकाको सुरक्षाका हिसाबले परियोजना सञ्चालन अघि छुट्टै भूकम्पीय (सेस्मिक) अध्ययन हुनै पर्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत