शुक्रबार, चैत्र २७, २०८२

एम्बाप्पे ५ वर्षका लागि रियल मड्रिडकै भए


कान्तिपथ


स्पेनिस महारथी रियल मड्रिडले स्टार खेलाडी केलियन एम्बाप्पेलाई सार्वजनिक गरेको छ ।

मंगलबार सान्टियागो बर्नबाउमा आयोजित विशेष कार्यक्रममा उपस्थित हजारौँ क्लबका समर्थकमाझ रियल मड्रिडले एम्बाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो । एम्बाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा रियल मड्रिडमा अनुबन्ध भएका हुन् । रियल मड्रिड र एम्बाप्पेबीच पाँच वर्षको सम्झौता भएको छ । सम्झौताअनुसार एम्बाप्पे सन् २०३० सम्म रियल मड्रिडमा रहनेछन् ।

रियल मड्रिडमा एम्बाप्पे ९ नम्बरको जर्सी लगाउनेछन् ।रियल मड्रिडले एम्बाप्पेलाई वार्षिक १ करोड ५० युरो दिनेछ । सन् २०१७ मा लोनमा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पीएसजी पुगेका एम्बाप्पेलाई सन् २०१८ मा स्थायी खेलाडी बनाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत