काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७ सय ६४ जना फरार अभियुक्तलाई पक्राउ गरेकाे छ ।
केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार मधेशमा पक्राउ पर्ने मात्रै ५ हजार १० जना छन् ।
मधेशपछि सबैभन्दा बढी कोशीमा २ हजार २७८ जना रहेका छन् । यसैगरी लुम्बिनीमा २ हजार १०५, बागमतीमा १ हजार ६ सय ५६ जना छन् ।
उपत्यकामा १ हजार ५४६, छन्, भने, गण्डकीमा १ हजार १७६, सुदूरपश्चिममा ६१९ र कर्णालीमा ३७४ जना पक्राउ परेका छन् ।
विभिन्न मुद्दामा फरार रहेकाको खोजीसँगै फैसला कार्यान्वयनका लागि प्रहरीले प्राथमिकतामा दिँदै आएको कार्की बताउँछन् ।
यस्तै आर्थिक वर्ष ०८०/८१ मा मात्रै प्रहरीका विभिन्न युनिटबाट ५९ हजार २०३ वटा मुद्दा दर्ता भएका छन् ।
प्रतिदिन १६२ वटा मुद्दा दर्ता हुने गरेको छ। सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरको छ । एक वर्षमा बैंकिङ कसुरको १३ हजार २६३, सार्वजनिक अपराधको १० हजार ७५६, आत्महत्याको ७ हजार १९४ र लागुऔषधको ४ हजार ४९८ मुद्दा दर्ता भएका छन् ।
चोरीका ३ हजार ७५८, जबर्जस्ती करणीका २ हजार ५०७, ठगी र आपराधिक लाभका १ हजार ८७४, सवारी ज्यानका १ हजार ७७५ र ज्यान मार्ने उद्योगका १ हजार १९ वटा मुद्दा दर्ता भएका छन् ।
अघिल्लो आर्थिक २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएको थियो ।
२०८०/८१ मा ५.११ प्रतिशतले मुद्दा दर्ता संख्या बढेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ