काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपनि नियुक्ति नपाएर डीआईजीबाटै अवकाश भएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश गरेको छ ।
आज मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश गरेको हो ।
आफ्नो नाम सिफारिस भएको तर नियुक्ति नदिने कार्य गैर कानुनी भएको र आफूमाथि अन्याय भएको भन्दै उनले रिट दायर गरेका थिए ।
उनले रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएर रिट पेस गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ