शुक्रबार, चैत्र २७, २०८२

बाग्मतीमा कांग्रेसको ‘इन्ट्री’, शपथ नै नलिई पद चैट


कान्तिपथ


काठमाडाैं । राजनीतिक गर्न नजानेका बहादुरसिंह लामा बाग्मती प्रदेश सरकारमा ‘इन्ट्री’ हुनासाथ आफ्नै पार्टीको किचलो मिलाउन एकदमै गाह्राे भएको छ ।

आफैंले नियुक्त गरेका मन्त्रीलाई शपथ नै नखुवाइ पदबाटै हटाउनसम्ममा लामा पुगेका छन् ।

बाग्मती सरकारको नेतृत्वमा पहिलो पटक पुगेको कांग्रेसलाई आफूसँग गठबन्धनमा आएको एमालेसँगको मन्त्रालय भागबन्डामै सहमति जुटेन ।

‘बल्लतल्ल’ एमालेसँग मन्त्रालयको भागबन्डा मिल्यो । एमालेसँग मन्त्रालयको भागबन्डा अनुसार मन्त्रीहरूको टुंगो पनि लाग्यो, तर कांग्रेसभित्रै सहज वातावरण बनेन । यसैको परिणाम हो, उनले नियुक्त गरेका एक मन्त्रीले नियुक्त भएको तीन दिनसम्म पनि शपथ लिन पाएनन् । अन्ततः उनको पद नै खोसियो ।

ती मन्त्री हुन् प्रभात तामाङ । १० साउन २०८१ मा बाग्मती प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भएर शपथग्रहणका लागि तयार भएका तामाङलाई मन्त्रिपरिषद्बाटै बाहिर राखिएको छ ।

शपथ पनि खान नपाइ मन्त्री पद गुमाएका तामाङ भन्छन्: आफूलाई शपथनै नगराई हटाइनु गलत भएको प्रतिक्रिया दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत