काठमाडौं । गुडिरहेको ट्रकमा आगाे लागेकाे छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा एक्कासी आगाे लागेर जलेर नष्ट भएको छ।
आज बिहान लमही नगरपालिका- ९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा करिब ४ः२५ बजेको समयमा ट्रकमा आगाे लागेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ।
‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेकाे छ । चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।
लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रहरीका ट्रकमा चालकसहित ३ जना सवार थिए।
प्रहरीका अनुसार खाली ट्रक सम्राट सिमेन्ट उद्योगमा सिमेन्ट लिन आइरहेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ