बुधबार, चैत्र २५, २०८२

यस कारण नेपाल बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


कान्तिपथ


काठमाडाैं । नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी ओलीलाई संविधान संशोधनको माग गर्दै ज्ञानपन पत्र बुझाएको छ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले संविधान संशोधनको बारेमा प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो।

कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनले गत जेठको पहिलो साता ३८ बुँदे माग सहित काठमाडौँ घोषणापत्र जारी गरेको थियो । सम्मेलनले न्यायपालिकाको स्वतन्त्रता, सङ्घीयता कार्यान्वयन र चुस्त सेवा प्रवाहका लागि न्यायपालिकाको पुनर्संरचना हुनुपर्ने अवधारणा अघि सारेको थियो ।

कांग्रेस र एमालेले सत्ता साझेदारीका साथसाथै संविधान कार्यान्वयनका क्रममा देखिएका अड्चनको पहिचान गर्ने र संविधान संशोधनको पहल गर्ने समझदारीका साथ राजनीतिक सहमति गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत