काठमाडौँ । राप्रपाका सांसद धुव्रवहादुर प्रधानले आफूले अनुमति पत्रसहित हतियार राखेको तर अहिले नवीकरण नहुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले आफूले विगत ६ पटक नवीकरण गरेको तर अहिले पछिल्लो समय नवीकरण नहुने जानकारी पाएको भन्दै उनले यस्तो नियमले अवैध हतियार मानिससँग रहने अवस्था आउने दाबी गरे ।
प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रधानले यसरी सरकारले अवैध मात्र भन्नुभन्दा परल मूल्यमा लिनुपर्ने सुझाव दिए । उनले यसरी सरकारले पनि नलैजाने अनि नवीकरण पनि नगर्ने हो भने देशभर अवैध हतियार रहने उनले बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले हतियारसहित सर्वोच्च प्रवेश गरेपछि राज्यले साना हतियारहरू नवीकरण नगर्ने निर्णय गरेपछि उनले आफू अप्ठ्यारोमा परेको भनी संसद्मा कुरा उठाएका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ