काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले आफ्नाे धारणा राख्ने क्रम सकिएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म सञ्चालन भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक बिहीबार सकिने सचिव गणेश साहले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ