शुक्रबार, चैत्र २७, २०८२

महिला टी ट्वान्टी विश्वकप यूएईमा हुने


कान्तिपथ


काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ ।

यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म यूएईमा हुने छ ।

असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारिएको हो ।

अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बङ्गलादेश जान रोक लगाएपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । आयोजक भने बङ्गलादेश नै रहनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत