बुधबार, चैत्र २५, २०८२

काठे भाका ‘नगर दोमन’मा भारती र ढुंगानाको घम्साघम्सी


कान्तिपथ


काठमाडौं । गायक नमराज ढुंगाना र गायिका सरिता भारतीको स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ आएको छ ।

गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको छ । यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेका हुन् । जसमा नमराजको संगीत रहेको छ । विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा गजित बिष्ट र सरिता भारती शिर्ष भूमिकामा छन् । यसअघि पनि अरु म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेका गजित र सरिताको जोडी यो भिडियोमा पनि सुहाएको छ । यो म्युजिक भिडियो निकै रमाईलो बनेको छ ।

यो म्युजिक भिडियोमा गजित र सरितासँगै मनिषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, बिक्रम ढुंगानाले पनि अभिनय गरेका छन् । डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोको छायाँकन पोखराको मनोरम दृष्यमा गरिएको छ । सुवास सुवेदीको छायाँकन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यबस्थापन यो गीतको भिडियोमा रहेको छ । सय भन्दा बढी काठे गीत गाएका नमराजसँग काठे गीतमा गायिका सरिता भारतीको यो पहिलो सहकार्य हो । यस अघि असारैमास लोक दोहोरी काठे गीत ल्याएकी गायिका सरिताको यो दोश्रो काठे भाकाको दोहोरी गीत हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत