बुधबार, चैत्र २५, २०८२

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार


कान्तिपथ


काठमाडौँ । म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनह्यामले म्यानचेस्ट युनाइटेडमाथि ३-० गोल अन्तरको जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा ब्रेन्नान जोन्सन, डेजान कुलुसेभेस्की र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ४२औं मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नानडेजले रातो कार्ड पाएका थिए । रातो कार्डसँगै उनले अबका लिगका तीन खेल गुमाउने भएका छन् ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो हार हो । ६ खेलमा ७ अंक बटुलेको म्यानचेस्टर युनाइटेड लिगमा १२औं स्थानमा छ । त्यसैगरी टोटनह्यामको भने यो जितपछि ६ खेलमा १० अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ ।
               



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत