बुधबार, चैत्र २५, २०८२

महिला भलिबल लिग : ललितपुरको लगातार दोस्रो जित


कान्तिपथ


काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो ।

ललितपुरले खेलमा शुरुका दुवै सेट लगातार जितेको थियो । पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललितपुरले तेस्रो सेट २६-२४ ले नै हारेको थियो । तेस्रो सेट जितेर खेलमा कमब्याकको प्रयास गरेको मधेश चौथो सेटमा २५-२३ को प्रतिष्पर्धात्मक खेलमा पराजित भएको थियो ।

मधेशको यो लगातार दोस्रो हार हो । मधेशले पहिलो खेल कर्णालीसँग हारेको थियो ।

लिग अन्तर्गत आज पहिलो खेल ललितपुर क्विन्स र कर्णाली यशविसबीच अपराह्न ३: ४५ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल काठमाडौँ स्पाइकर्स र गण्डकी थण्डर्सबीच अपराहन्न ५: ४५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आजको तेस्रो खेल चितवन शक्ति र मधेश युनाइटेडबीच रति ७: ४५ बजेदेखि हुने छ ।
    



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत