बुधबार, फाल्गुन ६, २०८२

बुद्ध एयरले थप्यो १९औँ एटीआर विमान


गणेश विक


काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९औँ एटीआर विमान भित्र्याएको छ ।

नयाँ एटीआर–७२ विमान थपेसँगै कम्पनीसँग एटीआर–७२ सिरिजका विमानको संख्या १६ पुगेको छ ।

नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटीआर–४२–३२० र १६ वटा एटीआर–७२–५०० जहाज रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक १४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत