बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • अदालतको आदेश विपरित ओलम्पिक कमिटीको निर्वाचन, अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी

अदालतको आदेश विपरित ओलम्पिक कमिटीको निर्वाचन, अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी


गणेश विक


काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर निर्वाचन नगर्न आदेश दिए पनि अनलाइनमार्फत गरिएको चुनावमा श्रेष्ठ अध्यक्ष बनेका हुन् । ओलम्पिकमा कुल २७ सदस्य हुन्छन्, जसमा जीवनरामले २० मत पाए । अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर उनीहरुले भोट पाएनन् ।

निलेन्द्रसहित ७ जनाले भने निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै चुनाव बहिस्कार गरेका छन् । यो चुनाव नगराउनु भनि दुई दिन अघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । यसअघि पनि पाटन उच्च अदालतले साधारण सभा र विधान संसोधन रोक्न आदेश दिएको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले, नेपाल ओलिम्पक कमिटीको निर्वाचनमा भाग नलिन खेल संघहरुलाई निर्देशन दिएको थियो । राखेपले, सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको पालना गर्न खेल संघहरुलाई पत्र पठाएको थियो । तर २० खेल स‌ंघ सहभागी बनेर श्रेष्ठलाई मत दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत