अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विशेष कार्यक्रमका बीच सशस्त्र प्रहरी बलको फुटलब क्लबलाई एएफसी (एशियन फुटबल कन्फिडिरेशन) क्लब मान्यतासहित आज लाइसेन्स दिने भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बलको मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रमका बीच उक्त लाइसेन्स हस्तानान्तरणको कार्यक्रम रहेको छ ।
बलका प्रवक्ता कमलप्रसाद तिउसिनाका अनुसार फिफाले तय गरेका मापदण्ड अनुसारको खेल, खेलाडी, भौतिक संरचना र सेवासुविधाका आधारसहित उसले राखेका मापदण्ड र आधार पुरा गरेपछि बलको क्लबले लाइसेन्स पाउँन थालेको बताए । यसअघि एकमात्र नेपाली सेनाको क्लबले यो मापदण्ड पुरा गरेर लाइसेन्स प्राप्त गरेको छ ।
यसपटक एपिएफल फुटबल क्लबसहित मनाङ-मर्स्याङगदी क्लबले समेत यो लाइसेन्स प्राप्त गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ