बुधबार, चैत्र २५, २०८२

‘वसन्त’ को ‘साँझ पर्‍यो झमक्क’


गणेश विक


काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशित फिल्म ‘वसन्त’को पहिलो गीतको रुपमा ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक उक्त गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई ‘गलबन्दी’ गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ ।

मौसम हिमालीको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र प्रकाश सपूत र स्वस्तिमा खड्काबीचको प्रेमलाई देखाइएको छ । गीतमा बाग्लुङको ग्रामीण परिवेश र जीवनशैली पनि देखाइएको छ ।

यस गीतमा प्रकाश आफ्नो चर्चित गीत ‘गलबन्दी’कै हुलियाँमा प्रस्तुत भएका छन् । यसबाट फिल्ममा प्रकाशले‘गलबन्दी’ गीतसँग उनको चरित्रको सम्बन्ध देखाउन खोजिएको बुझ्न सकिन्छ ।

आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पल, श्री शिवांसी, उर्मिला लमगडे, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको अभिनय छ ।

प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली कार्यकारी निर्मातामा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत