बुधबार, चैत्र २५, २०८२

जय ट्रफीः मधेसलाइ हराउँदै आर्मी ८ विकेटले बिजयी


गणेश विक


काठमाडौं । त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ । 

जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको हो । मधेश प्रदेशले दिएको जम्मा २८ रनको लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा नै सफलता हासिल गरेको हो ।

आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरे पनि मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा परेको थियो । जारी खेलमा १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा भने १५० रन मात्रै जोड्न सक्यो ।

जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई गुमाए पनि ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाउन सफल भएका थिए ।

जितसँगै त्रिभुवन आर्मी क्लव फाइनल नजिक पुगेको छ भने मधेशको टिम भने आइतवारबाट बाहिरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत